Tuesday, December 3, 2024

कविता : विकास

जाग मेरो देश, उठ प्यारा जनता,

ब्युँझाउ मानवता र सारा विश्व,

उड अझै माथि, अनन्त आकाश छ जता 

उठ, लम्क, उड विकासतर्फ, अझै विकसित हुन

हाम्रो बुझाइ भन्दा अझै माथि, 

जहाँ पुग्न सक्दैन कुनै परम्परा, कुनै तर्क  ।


प्रयास मात्र गर, गर्दा गर्दै बरु मर

आखिर मृत्यु सत्य हो त सबको

केही गरी बरु पुग पर ।

चिन्तामा धेरै के नै छ र ?

आलस्यता, थकान के नै हो र ?

कडा परिश्रम पश्चात् छँदैछ नि निद्रा शान्ति

अनि प्रतिभा नटिक्ला नि मेहनत अघि 

किनकि आत्मालाई बाँध्ने छैन केही शक्ति 

र विकास खोज सबको लागि, त्यही भक्ति  ।   


जाग मेरो देश, उठ प्यारा जनता,

ब्युँझाउ मानवता र सारा विश्व,

उड अझै माथि, अनन्त आकाश छ जता ।

उठ, लम्क, उड विकासतर्फ, जनता–जनार्दन

तिमी अझै धेरै माथि पुग 

पूर्णताभन्दा पनि अझै पर, 

विकास अझै गर ।    

विकास अझै गर ।।


- सचेत 'परमभक्त' 

(A poem in my native tongue (Nepali) titled 'विकास' meaning development; the intended meaning refers to Evolution)

(Published in ratopati.com)

No comments:

Post a Comment