Monday, October 20, 2025

अघि बढ्नु (Song)

हार नमान्नु, याे बाटाे हिँड्दा हिँड्दै
पछि जलेका सपना फेरि बल्दै आउँछन् 
काेहि बेला फेरि फर्कि आउँछन् 
सबै माया, अतितका इच्छा चाहाना 
साक्षात स्वरुपमा
विश्वास आशाकाे सहारामा 

त्यसैले हिँड्दै गर्नु
अनि अघि बढ्नु

हरेस नखानु, याे मैदानमा लड्दा लड्दै
पछि गुमेका साथ फेरि फर्कि आउँछन्
काेहि बेला फेरि हाँसखेल गर्दै
आउलान् गाउँदै दाैंतरी दाजुभाइ 
र साथीसंगी
गर्व सत्यकाे साैगातमा

त्यसैले लड्दै गर्नु
अनि अघि बढ्नु
अवश्य पनि...

-सचेत 'परमभक्त'

No comments:

Post a Comment