भावनाको सागरमा डुब्यौ
जोडिनुअघि नै फ़ुट्यौ
माया देखाएर गए टाढा
र ल्यायौ तिमीले हुरी
त्यो आक्रोश आँधिबेरी
संताप्मा बल्दा बल्दै बुझ्यौ
लड्दा लड्दै कतिसँग जुध्यौ
कैयौं चोटी हारेर
झरीले पुरेपनि
उड्न थाल्यौ फेरी
आयो तिम्रो पालो अब मर्नलाई
तर ढल्न हैन , यो मौका हो केहि गर्नलाई
तहल्का नै मच्चाइदिनु, हल्लाउँदै यो संसार
तिम्रो ध्वनि गुन्जिरहोस्, अनि सुनिएला त्यो झंकार
त्यस्तो सुबास छर्नलाई, जसले मेटाउनेछ यो अन्धकार
फैलाउन त्यो सुगन्ध त्यो शान्ति
ल्याउ हे त्यस्तो क्रान्ति
-सचेत 'परमभक्त'
No comments:
Post a Comment