यहाँ,
छ सुम्पिइएको, गह्रुंगो, कर्तव्यको भारी।यहाँ,
तर पनि छन्, अमुल्य सपनाका शीतल छहारी।।
यहाँ,
अन्जान् धेरै, भिडभाड, जंगल घरका, अनि सांघुरा गल्ली।
फेरि यहाँ, नै छ चाह,
चट्टान तोड्दै, फोड्दै पहाड, मंगलका लागि लर्का,
मार्छौँँ फड्को सोच्छन् मानिस, गरिकन, साझा भुमिमा हल्लीखल्ली।।
यहाँ नै,
बल र बुद्धिको खेल या होस् तालमेल,
तर बचाउने र बनाउने नभई कैयन उपाय विनाशका अनि जालझेल।
मात्र यहाँ,
भ्रम छ शक्ति, श्रेष्ठता र धनको दम्भ,
तर त्यसैबाट आउँछ उर्जा, गर्न मोह र मायाको अन्त्य अनि सत्यको प्रारम्भ।।
यहाँ, पनि छ थाह,
प्रेम, अनुभुति इश्वरीय, एक अमुल्य तत्व र त्यसको महत्व,
जसमा संसार चलेको छ, रमेको छ, तर अनगिन्ति फेरि अनभिज्ञ।
यहाँ,
त्यसैले, स्वाद बहुत अनि यो लिला अपरम्पार, भन्छन् विज्ञ।।
यहाँ,
अनगिन्ति आँसु र रगतले भिजेको, ओसिलो यो भुमि।
यहाँ,
रम्नेछिन् आमा कुनैदिन, पोल्ने घामपछि, वर्षामा झुमि।।
- सचेत 'परमभक्त'
No comments:
Post a Comment