Saturday, May 10, 2025

'भङ्ज्याहा'

अविचारपूर्ण जनसमुह र तिनका बेहुदा कार्य !
सुक्ष्म अज्ञानको बिज तर चेतना र विवेक रहेन अब मतिभित्र !
आयो यस्तो युग कि भो हाहाकार मानवको,
सोचविचार छैन त्यहाँ !!

उग्र भए सब, विनाश अनि अन्त्य अब अपरिहार्य !
विद्रोहले जरा गाडेको, दया, माया र प्रेमविहिन संसार यो विचित्र !
दमनको खेल,  शक्ति खोसाखोस अनि शुभकामना आदानप्रदान,
अचम्म छ क्या !!

पागलपनले शौर्य र डरदेखि प्रारम्भ बुद्धिमानका कार्य  !
निर्दोष शोषित, नारा "जनहित", कपटिका असंख्य असल मित्र !
विकासको लागि जब चाहिन्छ एक बलियो, भरपर्दो नेतृत्व,
लगाम लिन्छ भङ्ज्याहा !!

-सचेत 'परमभक्त' 

No comments:

Post a Comment